पूर्वमुख्यसचिव अर्याललाई हिरासतमा राख्न चार दिन म्याद थप

शुक्रबार, ११ मंसिर, २०८३
डिजिटल संस्करण

काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याललाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले चार दिनको म्याद थप गरेको छ।

शुक्रबार जिल्ला अदालत काठमाडौंले अर्याललाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

म्याद थपका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शुक्रबार उनलाई जिल्ला अदालतमा उपस्थित गराएको थियो। सिआइबीले बिहीबार भारतबाट उनलाई पक्राउ गरी नेपाल ल्याएको हो। यद्यपि, सिआइबीले उनलाई विराटनगरस्थित भारतसँगको सीमाबाट पक्राउ गरिएको जनाएको छ।

अर्याल श्रम मन्त्रालयको सचिव हुँदा भएको एक विवादास्पद निर्णयमा संलग्न रहेको आरोप छ। आर्थिक वर्ष ०७९/८० मा उनी श्रम मन्त्रालयको सचिव थिए। सोही प्रकरणमा तत्कालीन श्रममन्त्री शेरबहादुर कुँवरलाई पनि सिआइबीले पक्राउ गरिसकेको छ।

श्रमिकबाट असुलिएको रकम तत्कालीन मन्त्रीस्तरीय निर्णयका आधारमा मलेसिया पठाउन सहयोग गरेको आरोप अर्यालमाथि छ। यस प्रकरणमा सहसचिवद्वय राजीव पोखरेल र उमेश ढुंगाना तथा उपसचिव निर्मला गुरुङ पनि पक्राउ परेका छन्। त्यस्तै, व्यवसायी कैलाश खड्कासहित चारजना व्यवसायी सिआइबीको हिरासतमा छन्।

 

 

सुझावित समाचार