लुम्बिनी । लुम्बिनी विकास कोषले गुरुयोजना क्षेत्रभित्रका निषेधित स्थानमा सञ्चालन तथा राखिएका पसलहरू २४ घण्टाभित्र हटाउन निर्देशन दिएको छ।
कोषले सार्वजनिक सूचना जारी गर्दै भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीस्थित पवित्र उद्यान क्षेत्र, शान्ति द्वीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायतका निषेधित स्थानमा कोषको स्वीकृतिविना पसल सञ्चालन तथा राखिएकोप्रति ध्यानाकर्षण गराएको हो।
कोषले ०८३ भदौ १९ गतेदेखि लागू हुने गरी सूचना प्रकाशित भएको २४ घण्टाभित्र त्यस्ता पसल तथा संरचना हटाई लैजान सम्बन्धित सबैलाई आग्रह गरेको छ।
तोकिएको समयभित्र पसल नहटाए प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने चेतावनीसमेत कोषले दिएको छ।