सरकार सञ्चालनमा सहयोग गर्न बनेको कार्यदलले काम थाल्यो

शुक्रबार, ८ साउन, २०७८
डिजिटल संस्करण

सत्तारुढ गठबन्धनले सरकार सञ्चालनमा सहयोग गर्न बनाएको कार्यदलले काम थालेको छ । गठबन्धन सरकारको कार्य सञ्चालनमा सहयोग पुर्याउन कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का, नेताहरू डा. मीनेन्द्र रिजाल र रमेश लेखक, नेकपा माओवादी केन्द्रबाट नेताहरू वर्षमान पुन र देवकुमार गुरुङ तथा जनता समाजवादी पार्टीबाट नेताहरू राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सम्मिलित कार्यदल बनेको थियो । 

सरकारका कार्य सञ्चालनबारे कार्यदलको पहिलो बैठक शुक्रबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको हो । अपराह्न चार बजेदेखि तीन घन्टासम्म भएको छलफलमा मन्त्रिपरिषदमा शक्ति बाँडफाँडदेखि सरकारका कार्य सञ्चालनका विभिन्न विषयहरूमा छलफल भएको कार्यदलका एक सदस्यले जानकारी दिए । ‘हामीले विभिन्न विषयमा छलफल गर्यौँ । त्यसमा अब आ–आफ्नो दलमा छलफल र परामर्श गरेपछि पुनः कार्यदलको बैठक बसेर निष्कर्षमा पुग्छौँ,’ ती नेताले भने । 

पहिलो बैठक भएकाले कार्यदलले के–के विषयमा काम गर्ने, कसरी गर्ने भन्नेजस्ता सैद्धान्तिक विषयमा पनि छलफल भएको ती नेताले बताए । 

See More On

सुझावित समाचार