सनराइज बैंकले कार्डलेस भुक्तानी सेवा सुरु गरेको छ । हालसम्म ग्राहकहरूले आफ्नो डेबिट कार्डको प्रयोग गरी एटिएमबाट रकम झिक्दै आएकोमा कार्डलेस भुक्तानी प्रयोग गरी कार्डको प्रयोगविना नै एटिएमबाट रकम झिक्न सक्ने व्यवस्था सुरु गरेको हो ।
यस सेवाअन्तर्गत ग्राहकले आफ्नो सन्राइज स्मार्ट प्लस नामक मोबाइल बैंकिङ प्रयोग गरी एसएमएसमार्फत ओटिपी प्राप्त गर्न सक्ने र त्यही ओटिपी प्रयोग गरी एटिएमबाट रकम झिक्न सकिने बैंकले जनाएको छ ।
नयाँ र अत्याधुनिक यस प्रविधिको प्रयोगले भौैतिक कार्ड बोक्न बिर्सेको अवस्थामा पनि मोबाइल बैंकिङ प्रयोग एटिएममार्फत सजिलै रकम झिक्न सकिने जनाइएको छ ।
यसअघि पनि मिस्ड कलबाट बत्तीको बिल भुक्तानी, मोबाइल बिल भुक्तानीजस्ता सजिला र आधुनिक सेवाहरू प्रदान गर्दै आएको बैंकले उल्लेख गरेको छ । यो सुविधा देशभरि रहेका १ सय ६१ वटै एटिएममार्फत लिन सकिने बैंकले जनाएको छ ।