नेसनल लाइफको बिमाशुल्क १२ अर्बभन्दा बढी

बुधबार, ६ साउन, २०७८
डिजिटल संस्करण

नेसनल लाइफ इन्स्योरेन्सले कुल बिमाशुल्क १२ अर्ब १६ करोड रुपैयाँ पुर्याएको छ । कम्पनीले आव ०७७/७८ को प्रथम बिमाशुल्क पनि ४ अर्बभन्दा बढी पुर्याएको हो । 

प्रथम बिमाशुल्कका आधारमा गत आर्थिक वर्षमा देशमै दोस्रो ठूलो कम्पनी भएको दाबी गरेको छ । कम्पनीले अघिल्लो आवमा आव ०७६/०७७ को तुलनामा ७० प्रतिशतभन्दा बढी प्रथम बिमाशुल्क संकलन गर्न सफल भएको जनाएको छ ।

त्यस्तै, कुल बिमाशुल्क अघिल्लो आर्थिक वर्षमा ९ अर्ब २६ करोड ७४ लाख रुपैयाँ पुगेकोमा गत आवमा १२ अर्ब १६ करोड ५५ लाख रुपैयाँ पुगेको हो । कम्पनीले सबै वित्तीय सूचकांकमा प्रगति गर्दै नेपालको दोस्रो ठूलो जीवन बिमा कम्पनी बन्न पुगेको दाबी गरेको छ । 

सुझावित समाचार