एमिकस क्युरी सदस्य पाठकको राय– विघटन सदर भएर निर्वाचनअघि सबै बालिग नागरिकलाई कोभिडविरुद्धको भ्याक्सिन लगाउने आदेश होस्

सोमबार, २१ असार, २०७८
डिजिटल संस्करण

एमिकस क्युरी सदस्य तथा वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले प्रतिनिधिसभा विघटन सदर भएर निर्वाचनअघि सबै बालिग नागरिकलाई कोभिडविरुद्धको भ्याक्सिन लगाउने आदेश गर्न संवैधानिक इजलासलाई सुझाब दिएकी छिन् । सोमबार बहसको क्रममा पाठकले भनिन्, ‘संविधानको धारा ७६ को उपधारा (५) मा भनिएको आधार जाँच्ने विवेक राष्ट्रपतिमा छ । यसमा अदालत प्रवेश गर्नु उचित हुन्न । संविधानले यो–यो आधार भनेकै छैन ।’

दलभित्रै रहेर अमूक नेताको निर्देशनविपरीत अहिले स्वतन्त्र छौँ भनेर सांसदहरू आएको, तर संविधानले त्यो परिकल्पना नगरेको पाठकको राय छ । पार्टीका सांसदलाई स्वतन्त्र भनेर व्याख्या भए त्यो अपव्याख्या हुने उनले बताइन् । 

यसअघि एमिकस क्युरी सदस्य तथा वरिष्ठ अधिवक्ता राघवलाल वैद्यले संविधानको धारा ७६(३) अनुसारको प्रधानमन्त्री नियुक्ति नै गलत भएको बताएका थिए । ‘७६(२) अनुसार विश्वासको मत गुमाएकोलाई कुन ऐन, कानुन, संविधानको आधारमा फेरि प्रधानमन्त्री नियुक्त गरियो ? ३० वैशाखको नियुक्तिको स्रोत के हो भनेर अदालतले सोध्नुप¥यो ।’
 

सुझावित समाचार