एमाले विवादमा नयाँ मुद्दाको प्रवेश : स्वतन्त्र सांसदको मान्यता दिन बेदुराम भुसालको माग

म एमालेको होइन, स्वतन्त्र सांसद हुँ

सोमबार, १४ असार, २०७८
डिजिटल संस्करण

 एमाले नेता तथा  राष्ट्रियसभा सदस्य बेदुराम भुसालले आफूलाई स्वतन्त्र सांसदको मान्यता दिन माग गरेका छन् । उनले आइतबार स्वतन्त्र सांसदको मान्यता दिन संसद सचिवालयलाई पत्र पठाएका हुन् । 

‘नेकपा भंग भएर पुरानै संरचनामा फर्किएपछि नारायणकाजी श्रेष्ठलगायतले माओवादीमा क्रियाशील हुन चिठी दिनुभएछ । मैले पार्टी मिलिहाल्यो भने किन दिनु भनेर दिएको थिइनँ । तर, १७ असारमा राष्ट्रिय सभाको बैठक डाकेपछि एमाले वा माओवादी कुन दलतिर बस्ने प्रश्न आउने भएपछि आफ्नो पोजिसन खुलाउनुपर्ने स्थिति आयो र स्वतन्त्र सांसदको व्यवहार गरियोस् भनेर पत्र बुझाएँ ’ उनले भने । 

सुझावित समाचार