पोखरीमा डुबेर धनुषामा पाँच बालिकाको मृत्यु

शनिबार, २८ जेठ, २०७८
डिजिटल संस्करण

धनुषाको मुखियापट्टी मुसरनिया गाउँपालिका– ६ लक्ष्मीपुरका पाँच बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । शुक्रबार दिउँसो गर्मी भएपछि नुहाउन पसेका उनीहरूको डुबेर ज्यान गएको हो । 

मृत्यु हुनेमा पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगीन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी, राजगिर पूर्वेकी १३ वर्षीया छोरी मञ्जु, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चाँदनी र उतिम साह तेलीकी १२ वर्षीया छोरी ललित छन् । उनीहरू स्थानीय हुलास यादवको खेतमा माछापालनका लागि खन्दै गरेको पोखरीमा नुहाउन पसेका थिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रका अनुसार बिहानको खाना खाएर सात बालिका चौरमा बाख्रा चराउन गएका थिए । सो क्रममा पाँच बालिका एकै साथ नौ फिट गहिरो पोखरी नुहाउन पसेका थिए । 

See More On

सुझावित समाचार