सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य र प्रधानन्यायाधीशबीच छलफल हुँदै

मंगलबार, १८ जेठ, २०७८
डिजिटल संस्करण

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबीच भेटवार्ता भएको छ । अहिले दुईजनाबीच छलफल चलिरहेको छ ।  प्रधानन्यायाधीश जबराले आफ्नो नेतृत्वमा  गठन गरेको पाँच सदस्यीय संवैधानिक इजलासमा वरिष्ठताको क्रम मिचेर इजलास गठन गरिएको भन्दै पुनर्गठनको माग उठेको छ ।

त्यस्तै, न्यायाधीशद्वय  बमकुमार श्रेष्ठ र  तेजबहादुर केसीलाई इजलासमा राखिएपछि कानुन व्यवसायीहरूले विरोध गर्दै आएका छन् । न्यायधीशद्वय श्रेष्ठ र केसीले नेकपा एकतालाई विभाजन गर्ने फैसला गरेका थिए । 

सर्वोच्च बारको सोमबारको बैठकले प्रधानन्यायाधीशलाई  भेटेर वरिष्ठताक्रमअनुसार बेन्च तोक्न आग्रह गर्ने निर्णय गरेको थियो । 

सुझावित समाचार