सूचकांक र कारोबार दुवैमा नयाँ कीर्तिमान बनाउँदै नेप्से

विकास बैंक र फाइनान्स कम्पनीमा लगानीकर्ताको आकर्षणसँगै कारोबार रकम १७ अर्ब

सोमबार, १७ जेठ, २०७८
डिजिटल संस्करण

पछिल्लो समय सेयर बजारले उच्च रेकर्ड बनाउँदै आएको छ । अघिल्लो साता उच्च रेकर्ड बनाएको नेप्से परिसूचकले साताको पहिलो दिन आइतबार पनि उच्च नेप्सेसँगै कारोबार रकमले पनि रेकर्ड नै बनाएको हो । नेप्से परिसूचक १२ दशमलव ५४ बिन्दुले बढेर २ हजार ८ सय २७ दशमलव ९३ बिन्दुमा पुगेको छ ।

यसअघि नेप्से सूचक २ हजार ८ सय २३ बिन्दुुमा बन्द हँुदै १४ अर्ब रुपैयाँको कारोबार भएको थियो । त्यस रेकर्डलाई तोड्दै पुनः नयाँ रेकर्ड कायम राखेको हो ।विशेष गरी आइतबारको बजारलाई लगानीकर्ताले निकै चासोका साथ हेरेका थिए । शनिबार बजेट कस्तो किसिमको आउने र सेयर बजारलाई कस्तो प्रभाव पार्ला भन्ने चासो लगानीकर्तामा थियो ।

विशेष चासोका साथ हेरिएको सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेको छ । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय १९ कम्पनीको ४ करोड २६ लाख कित्ता सेयर किनबेच हुँदा १७ अर्ब २ करोड ८४ लाख रुपैयाँको कारोबार भएको छ । 

कारोबारमा आएका १३ समूहको सूचकमध्ये ७ समूहको सूचक सकारात्मक रहेको छ भने ६ समूहको सूचक नकारात्मक रहेको छ । सबैभन्दा धेरै विकास बैंकको ७ दशमलव ७९ प्रतिशत बढेको छ भने फाइनान्स समूहको ५ प्रतिशतले बढेको छ । म्युचुअल फन्ड, होटेल तथा पर्यटन, जीवन बिमा कम्पनी समूहको सूचक सकारात्मक रहेको छ भने माइक्रो फाइनान्सलगायत अन्य समूूहको सूचक नकारात्मक रहेको छ ।

यस दिन ७ कम्पनीको सेयर मूल्य बढेर सर्किट लेभलमा कारोबार भएको छ । ज्योति विकास बैंक, आँखुु खोला जलविद्युत् कम्पनी, घलेम्दी हाइड्रो लिमिटेड, गुडविल फाइनान्स, लुुम्बिनी विकास बैंक, साइन रेसुुंगा डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशत सकारात्मक सर्किट मूल्यमा कारोबार भएको छ । त्यस्तै, यस दिन सबैभन्दा धेरै घट्नेमा वरुण हाइड्रोपावर, हिमालयन ऊर्जा, मिथिला लघुुवित्त, माउन्टेन हाइड्रो नेपाल रहेको छ । यी कम्पनीको सेयर मूल्य करिब ६ प्रतिशतले घटेको छ ।

यस दिन सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा नेसनल हाइड्रोपावर कम्पनी रहेको छ । कम्पनीको सो दिन ४७ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ भने दोस्रो कारोबार हुने कम्पनीमा अरुण काबेली रहेको छ । सो दिन कम्पनीको ४६ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, कारोबार हुने कम्पनीमा युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको सो दिन ४१ करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ ।

See More On

सुझावित समाचार