प्रतिनिधिसभा विघटनविरुद्ध परेका १९ वटा रिटको सुनुवाइ गर्न बहस सुरु भएको छ । १२ बजे बसेको इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले निवेदन अध्ययन गरिसकेपछि बहस सुरु भएको हो ।
निवेदन अध्ययनका क्रममा प्रधानन्यायाधीश जबराले पाँचजनाबाहेक अरू कानुन व्यवसायीलाई बाहिर पठाएका थिए । विघटनविरुद्ध पहिलो नम्बरमा निवेदन हाल्ने वीरभद्र जोशी अहिले बोलिरहेका छन् ।