अमेरिकामा ‘नेपाल डे’ घोषणा

मंगलबार, ११ जेठ, २०७८
डिजिटल संस्करण

अमेरिकाको न्युयोर्क राज्यको विधान सभाले नेपालको गणतन्त्र दिवसलाई ‘नेपाल डे’को रूपमा मनाउने घोषणा गरेको छ । न्युयोर्क राज्यले प्रत्येक वर्षको मे २९ तारिखलाई ‘नेपाल डे’को रूपमा मनाउने घोषणा गरेको हो । 

अमेरिकामा रहेका नेपाली तथा नेपाली मूलका अमेरिकनको पहिचान तथा सम्मानस्वरूप ‘नेपाल डे’ घोषणा गरिएको हो । 

पछिल्लो तथ्यांकअनुसार अमेरिकामा करिब चार लाखको हाराहारीमा नेपालीको बसोवास रहेको छ । त्यसमध्ये अधिकांश नेपाली न्युयोर्क राज्यमा बस्ने गरेको विभिन्न तथ्यांकले देखाएको छ । 

‘नेपाल डे’ घोषणाका लागि विशेष भूमिका खेलेको नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को संयोजकत्वमा ‘नेपाल डे’ २०२१ मूल आयोजक समिति निर्माण भएको छ । यो समितिमा न्युयोर्कमा रहेका सबैजसो संघसंस्था सदस्य रहेका छन् । आयोजक समितिले सोमबार न्युयोर्कमा गरेको पत्रकार सम्मेलनमा ९४ सदस्यीय मूल आयोजक समिति घोषणा छ ।

सुझावित समाचार