विनाअनुमति स्यानिटाइजर उत्पादन गर्ने कारखानामा प्रहरीको पुन : छापा

सोमबार, १० जेठ, २०७८
डिजिटल संस्करण

प्रहरीले विनाअनुमति स्यानिटाइजर उत्पादन गर्ने अर्को कारखानामा पनि छापा मारेको छ । महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाका अनुसार ललितपुर– १० कुपण्डोलस्थित समिट होलेटको नजिकै कारखाना फेला परेको हो । 

स्यानिटाइजर उत्पादनमा संलग्न २३ वर्षीय दुर्गा भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ । उनले घर भाडामा लिई स्यानिटाइजर उत्पादन गर्दै आएका थिए । उनले विनाअनुमित  स्यानिटाइजर उत्पादन गर्दै आएको एसपी कोइरालाले बताए । 

उनले भने, ‘कुपण्डोलमा विनाअनुमित स्यानिटाइजर उत्पादन गर्ने अर्को कारखाना फेला परेको छ । जहाँबाट १५ सय लिटर तयारी स्यानिटाइर बरामद भएको छ । घटनामा संलग्न एकलाई पक्राउ गरिएको छ । उनले विनाअनुमति स्यानिटाइजर उत्पादन गर्दै आएको अनुसन्धानबाट खुलेको छ ।’

यसअघि आइतबार विषाक्त स्यानिटाइजर उत्पादन गर्ने इमाडोलस्थित कारखानामा प्रहरीले छापा मारेको थियो ।

सुझावित समाचार