अब नागरिक आफैँ सचेत हुनु जरुरी छ : देउवा

शुक्रबार, ३१ बैशाख, २०७८
डिजिटल संस्करण

कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोनाको संक्रमण बढिरहेका वेला अब नागरिक आफैँ सचेत हुनु जरुरी रहेको बताएका छन् । देउवाले सरकारको चरम लापरबाही, असंवेदनशीलता र अकर्मण्यताकै कारण महामारीले यो रूप लिएकाले यस्तो परिस्थितिमा नागरिक आफैँ पनि सचेत हुनुपर्ने बताएका हुन् । 

‘सरकारको चरम लापरबाही, असंवेदनशीलता र अर्कमण्यताका कारण बढ्दो संक्रमणसँगै आइसियू बेड, भेन्टिलेटर र अक्सिजनको अभावमा मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढ्दो छ । यस्तो परिस्थितिमा नागरिक आफैँ पनि सचेत हुन जरुरी छ,’ देउवाले भनेका छन् । 

इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल फित्र’का अवसरमा शुभकामना दिँदै विज्ञप्तिमार्फत देउवाले कोरोनाको जोखिमलाई दृष्टिगत गर्दै नियमित रूपमा नमाज गरिराख्दा स्वास्थ्य सुरक्षाका मापदण्डलाई ख्याल गरी भौतिक दूरी कायम राख्दै पारस्परिक एकता, विश्वास र प्रेमका साथ ‘इद उल फित्र’ मनाउन आग्रह गरेका छन् । 
 

See More On

सुझावित समाचार