निषेधाज्ञाको दोस्रो दिन उपत्यका सुनसान

शुक्रबार, १७ बैशाख, २०७८
डिजिटल संस्करण

निषेधाज्ञाको दोस्रो दिन पनि काठमाडौं उपत्यका शून्यप्रायः बनेको छ । बिहीबारदेखि सुरु भएको निषेधाज्ञाको दोस्रो दिन पनि काठमाडौं उपत्यका सुनसान बनेको छ ।

सडकमा सार्वजनिक यातायातका साधनहरू चलेका छैनन् । अत्यावश्यक सेवाबाहेकका निजी सवारीसाधनहरू पनि सञ्चालनमा आएका छैनन् । यद्यपि, अत्यावश्यक सेवा तथा खुलेका कार्यालयका कर्मचारीहरू भने फाट्टफुट्ट सडकमा देखिने गरेका छन् ।

उपत्यकाका भित्री सडकहरू पनि सुनसानजस्तै बनेका छन् । काठमाडौं जिल्ला प्रशासनले दैनिक उपभोग्य वस्तुको खरिदका लागि बिहान १० बजेसम्म खुलेका छन् । बिहानपख खाद्यान्न तथा तरकारी पसलहरूमा भने केही भिडभाड देख्न सकिन्छ ।

सडकमा सञ्चालनमा आएका सवारीसाधनलाई प्रहरी ठाउँठाउँमा चेक गर्ने गरेका छन् । काठमाडौं उपत्यका काेरोना संक्रमणको उच्च जोखिममा रहेका कारण बिहीबारदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको हो ।

सुझावित समाचार