मधेस आन्दोलनका क्रममा पक्राउ परेका एक सय २० जनाको मुद्दा फिर्ता लिने सरकारको निर्णय

बुधबार, १५ बैशाख, २०७८
डिजिटल संस्करण

सरकारले जनता समाजवादी पार्टीको मागबमोजिम मधेस आन्दोलनका क्रममा पक्राउ परेका एक सय  २० जनाको मुद्दा फिर्ता लिने निर्णय गरेको छ ।

बुधबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले त्यस्तो जानकारी गराएका हुन् ।

उनका अनुसार नेपाल सरकार वादी भएर चलाइएका १५ प्रकारका मुद्दामा पक्राउ परेका उनीहरूलाई मुद्दा फिर्तासम्बन्धी निर्देशिका २०७७ बमोजिम क्रमशः रिहा गरिनेछ । मुद्दा  फिर्ताको निर्णय गरेर सरकारले मधेस आन्दोलन र मधेसी जनताको भावनाको सम्मान गरेको मन्त्री गुरुङले बताए ।
 

सुझावित समाचार