एनएमबि बैंकले बसभाडा तिर्न मिल्ने कन्ट्याक्टलेस कार्ड जारी गरेको छ । बैंकले संयुुक्त यातायात र मत्स्य राजधानीका २० वटा बसमा भाडा तिर्न मिल्ने कार्ड जारी गरेको हो । कोभिड–१९ का कारण सिर्जना भएको प्रतिकूल परिस्थितिमा ग्राहकलाई बसभाडा तिर्ने कार्यमा सहजता होस् भन्ने उद्देश्यका साथ बैंकले यो सेवा प्रदान गरेको जनाएको छ । यो सुविधा अरू विभिन्न बस व्यवसायीहरूसँग सहकार्य गरी थप बसमा उपलब्ध गराउने कार्यमा बैंक प्रयासरत रहेको जनाइएको छ ।
घरमै बसी ओम्नी च्यानलमार्फत खातालगायत विविध बैंकिङ सेवाको सञ्चालन भएसँगै बैंकले कोभिडबाट सुरक्षाका साथै क्यासलेस समाज निर्माणमा सहकार्य गर्न फिन्टेक इन्टरनेसनलसँग सहकार्य गर्ने सम्झौता गरेको जनाएको छ ।
उक्त कार्डबाट यात्रीद्वारा तय गरेको दूरीका आधारमा बसभाडा स्वतः गणना हुने र भाडा कन्ट्याक्टलेस कार्डका माध्यमबाट भुक्तानी गर्न सकिने जनाइएको छ । बैंकले देशभरि १ सय ८१ शाखा, १ सय ३६ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको जनाएको छ ।