काठमाडौं प्लाजा सिल

शुक्रबार, ३ बैशाख, २०७८
डिजिटल संस्करण

नेपाल ट्रस्टले काठमाडौं प्लाजा सिल गरेको छ । काठमाडौं प्लाजा खाली गर्न दिएको अन्तिम समयसीमासम्म पनि खाली नभएपछि ट्रस्टले शुक्रबार प्लाजा सिल गरेको हो । सिल गरेपछि काठमाडौं प्लाजा सुनसान बनेको छ । प्लाजाभित्रका कार्यालय तथा पसलहरू पूर्ण रूपमा बन्द भएका छन् ।

प्लाजामा सञ्चालनमा आएको ज्योति विकास बैंकले भने केही दिनमै कार्यालय सार्ने प्रतिबद्धता गरेकाले कार्यालय सञ्चालन गरिरहेको छ भने काठमाडौं प्लाजामै रहेको मुक्तिनाथ विकास बैंकलाई भने त्यहीँ सञ्चालन गर्न दिइने भएको छ । सो भवन नेपाल ट्रस्टले काठमाडौं महानगरपालिकालाई भाडामा दिने सम्झौता गरिसकेको छ । 

सुझावित समाचार