सेनाका नक्कली सहायक सेनानी पक्राउ

मंगलबार, १० चैत, २०७७
डिजिटल संस्करण

नेपाली सेनाको नक्कली सहायक सेनानी बनेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश गरी शंकास्पद गरिविधि गर्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुस्ताङ थासाङ गाउँपालिका–४ का १८ वर्षीय तेन्जिङ तो गुरुङ भनिने विपिन लगुन विक छन् । उनलाई कास्की प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुवास हमालले उनी विमानस्थलमा नेपाली सेनाको टोलीले चेकजाँच गर्दा पक्राउ परेका हुन् । पोखरा महानगरपालिका–१४ स्थित निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश गरी शंकास्पद गतिविधि गरेपछि त्यहाँ खटिएको नेपाली सेनाको टोलीले चेकजाँच गरेको थियो । त्यहाँ उनले आफूलाई नेपाली सेनाको सहायक सेनानी भएको बताएका थिए । चेकजाँचका क्रममा उनी नक्कली सहायक सेनानी भएको खुलेपछि पक्राउ गरी सेनाले नै प्रहरीलाई बुझाएको हो । 

विकको साथबाट सहायक सेनानी दर्जाको दज्र्यानी चिह्नसहित पोसाक (चुस्ता), कालो रङको बुट, श्री भगवतीदल गण पोखराबाट तेन्जिङ तो गुरुङको नाममा जारी भएको परिचयपत्र, फ्लाइरोस लेखिएको कालो रङको नक्कली वाकिटकी रेडियो सेट र रमेश श्रेष्ठको नाममा जारी भएको नेपाली नागरिकता बरामद भएको प्रहरीले जानकारी दिएको छ । 

See More On

सुझावित समाचार