नेपाल इन्भेष्टमेन्ट बैकले आफ्नै डिजिटल वालेट सर्भिस ‘थैली’ सार्वजनिक गरेको छ । थैली डिजिटल वालेट नेपाल इन्भेष्टमेन्ट बैंकको मोबाइल मनी वालेट एप्लिकेसन हो । ग्राहक रूपमा बैंक तथा एटिएम बुथमा जानुभन्दा स्मार्टफोनमार्फत रकम ट्रान्सफर गर्ने संस्कृतिलाई अभिवृद्धि गर्न बैंकले थैली डिजिटल वालेट सेवा ल्याएको जनाइएको छ ।
नेपाल राष्ट्र बैंकले डिजिटल वालेट सेवामा लगाएको प्रतिबन्ध हटाउनुका साथै ट्रान्सफर रकमको सीमा बढाएसँगै यो सेवा सुरु गरेको बैंकले जनाएको छ । यसमार्फत बैंकका ग्राहकले तुरुन्तै पैसा पठाउन, प्राप्त गर्न, ब्यालेन्स हेर्न वा विनाशुल्क भुक्तानी गर्न सक्ने जनाइएको छ ।
थैली डिजिटल वालेट मोबाइल बैंकिङ तथा मोबाइल वालेट एप्लिकेसन दुवै भएको बैंकले जनाएको छ । यो एप्लिकेसनमा बैंकले तोकेका नेटवर्क एजेन्टमार्फत नगद राख्ने र नगद झिक्ने सुविधा पनि रहेको जनाइएको छ । यसका साथै, खुद्रा पसल, साना व्यवसाय र व्यापारीलाई लक्षित गरेर ओभरड्राफ्ट सेवा पनि राखिएको बैंकले जनाएको छ ।