बड्वाइजर बियर बजारमा उत्पादन नेपालमै

शुक्रबार, २८ फागुन, २०७७
डिजिटल संस्करण

अमेरिकी बेभरेज कम्पनी अन्हाइजर बुस इन्बेभ (एबिइन्बेभ)को उत्पादन बड्वाइजर बियर नेपालमै उत्पादन हुने भएको छ । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजअन्तर्गतको राजब्रुअरीले यो बियर नेपालमा उत्पादन सुरु गरेको हो ।  

बड्वाइजर नेपालमा सार्वजनिक गर्दै एबिइन्बेभ भारत र दक्षिण–पूर्व एसियाका अध्यक्ष कार्तिकेय शर्माले बड्वाइजर सबैभन्दा लोकप्रिय ग्लोबल बियर ब्रान्ड भएको बताए । बढ्दो युवा जनसंख्या र बियर रुचाउने जमातका कारण नेपाल बड्वाइजरका लागि महत्वपूर्ण बजार रहेको उनको भनाइ थियो । उनले भने, ‘नेपालको प्रतिष्ठित ब्रुअरी, राजब्रुअरीसँगको हाम्रो सहकार्यले नेपालमा हाम्रो प्रतिबद्धता जाहेर गर्छ ।’ यसअघि बड्वाइजरले १ सय ५० भन्दा बढी देशहरूमा सफलता प्राप्त गरिसकेको कम्पनीले जनाएको छ । 

जावलाखेल गु्रप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहले एबिइन्बेभले आफ्नो कम्पनीलाई छनोट गरी विश्वको सबैभन्दा लोकप्रिय बियर नेपालमै उत्पादन गर्न दिनु सम्मानको विषय भएको बताए । उनले भने, ‘यो सम्भव हुनुको मुख्य कारण राजबु्रअरी दक्षिण एसियाको सर्वोत्कृष्टमध्येको एक बु्रअरी भएर पनि हो ।’ 

जावलाखेल गु्रपका ग्रुप कार्यकारी निर्देशक ससिन जोशीले विश्वको सबैभन्दा प्रतिष्ठित ब्रान्ड बड्वाइजर नेपालमा भिœयाएर नेपाली युवाको यस बियरको चाहना पूर्ति गर्न एबिइन्बेभसँग सहकार्य गर्न पाएकोमा उत्साहित रहेको बताए । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज नेपाली उपभोक्तालाई उत्कृष्ट र सर्वश्रेष्ठ गुणस्तरका उत्पादनहरूको अनुभव प्रदान गर्न सधैँ प्रतिबद्ध रहेको उनको भनाइ थियो ।  

बड्वाइजरको सुरुवात सन् १८७६ मा संयुक्त राज्य अमेरिकामा एक अमेरिकन स्टाइल लागर बियरका रूपमा भएको जनाइएको छ । यो बियरले १ सय ४० वर्षको ब्रुइङ प्रक्रियाको माध्यमबाट आफ्नो बेग्लै पहिचान र संसारभर आफ्नो अलग्गै छाप छोड्न सफल भएको कम्पनीको दाबी छ । 

See More On

सुझावित समाचार