२३ फागुनमा संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

शुक्रबार, १४ फागुन, २०७७
डिजिटल संस्करण

सरकारले आगामी २३ फागुनमा संसद् अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले २३ फागुनमा प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर गर्दै सर्वोच्च अदालतले गत मंगलबार १३ दिनभित्र बैठक बोलाउन आदेश दिएपछि मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको हो । सरकारको सिफारिसपछि राष्ट्रपतिले अधिवेशन आह्वान गर्नेछिन् ।
 

सुझावित समाचार