प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव प्रदेश सभामा पेस (भिडियोसहित)

आइतबार, ९ फागुन, २०७७
डिजिटल संस्करण

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव प्रदेश सभा बैठकमा पेस भएको छ । प्रदेश सभा सचिवालयमा गत १२ पुसमा दर्ता भएको अविश्वासको प्रस्ताव आइतबार पेस भएको हो ।

प्रस्तावक प्रदेश सभा सदस्य इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका हुन् । 

प्रस्ताव पेस भएसँगै बैठक २० फागुनसम्मका लागि स्थगित भएको छ ।

ओली समूह (मुख्यमन्त्री राई समूह)का सदस्य बैठकमा सहभागी भएका थिएनन् ।

सुझावित समाचार