वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको विशेषाधिकार नभएको जिकिर गरेका छन् । एमिकस क्युरीका तर्फबाट बुधबार राय दिँदै उनले संविधानमा विशेषाधिकारसम्बन्धी दुईवटा धारा रहेको र प्रधानमन्त्रीलाई विघटनको विशेषाधिकार नभएको जिकिर गरेका हुन् ।
उनले भनेका छन्, ‘संविधानमा विशेषाधिकारसम्बन्धी जम्मा दुईवटा धारा छन् । तर, तिनमा प्रधानमन्त्रीलाई विघटनको विशेषाधिकार छैन, संविधानले कल्पनै गरेको छैन ।’
संविधानमा हुँदै नभएको अधिकार प्रयोग गर्दा अराजकता आउने उनको दाबी छ । उनले प्रतिनिधिसभा विघटन राजनीतिक नभए संवैधानिक विषय भएको पनि बताए ।