सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार र रजिष्ट्रारले सम्हाले कार्यभार

आइतबार, २ फागुन, २०७७
डिजिटल संस्करण

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रर निर्मला पौडेलले कार्यभार सम्हालेका छन् । न्यायपरिषद्को २५ माघको बैठकको सिफारिसअनुसार २९ माघको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको थियो ।

सर्वोच्चको रजिष्ट्रारमा पहिलोपल्ट महिला नियुक्त भएकी छिन् । यसअघि प्रशासकीय अदालतको रजिष्ट्रार रहेकी पौडेलले पनि आइतबारबाटै औपचारिक रूपमा पदभार सम्हालेकी छिन् ।
 

सुझावित समाचार