बैंक अफ काठमाण्डूका संस्थागत ग्राहकलाई परिमार्जित इन्टरनेट बैंकिङ सेवा

बुधबार, २८ माघ, २०७७
डिजिटल संस्करण

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकलाई प्रदान गर्दै आइरहेको इन्टरनेट बैंकिङ सेवा ‘बिओके क्लिक’को स्तरोन्नति गरेको छ । बैंकले विभिन्न आकर्षक सेवा तथा सुविधा थप गर्दै परिमार्जित इन्टरनेट बैंकिङ सेवा ल्याएको हो ।

यो सेवामा खाताको जानकारी, बहुखाताहरू लिंक र नियन्त्रण, अन्तरबैंक रकमान्तर, आइपिएस सुविधा, संस्थाको कर्मचारीको तलब व्यवस्थापन तथा तलब रकमान्तरणलगायतका बहु सुविधासहितको सेवा सुरु गरेको बैंकले जनाएको छ । यस सुविधाबाट ग्राहकले बैंकिङ कारोबारका लागि बैंक आइरहनुपर्ने समस्यालाई निवारण हुनुका साथै समयसापेक्ष बैंकिङ सेवाको अनुभव गर्न सक्ने बैंकले विश्वास लिएको जनाइएको छ ।

यस प्रणालीको सुरक्षित प्रयोग गर्न मल्टी लेयर अथेन्टिकेसनको व्यवस्था गरी कुनै कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न ग्राहक आफैँले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताले मात्र पाउने सुरक्षित तथा सजिलोे व्यवस्था गरिएको बैंकले जनाएको छ ।  बैंकले हाल ९० शाखा, ७८ एटिएम र १० एक्सटेन्सन काउन्टरबाट सेवा दिइरहेको जनाइएको छ । 

सुझावित समाचार