अमेरिकाले कोभिड १९ विरुद्धको खोप लगाउन सेना परिचालन गर्ने

शनिबार, २४ माघ, २०७७
डिजिटल संस्करण

संयुक्त राज्य अमेरिकाले अमेरिकामा हालै शुरु भएको कोभिड–१९ विरुद्धको खोप दिन सहयोग गर्नगरी सेना परिचालन गर्ने भएको छ । पछिल्लो समय अमेरिकामा कोभिडका कारण ज्यान गुमाउने नागरिक दिन प्रतिदिन बढीरहेको, यसको सङ्क्रमण कम गर्न र खोप लगाउने कार्यक्रमलाई गति दिन सेना परिचालन गर्न लागिएको हो । 

अमेरिकाको फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सीले गरेको अनुरोधलाई रक्षा मन्त्रालयले स्वीकार गरेको समाचारमा जनाइएको छ । अमेरिकी रक्षामन्त्री लियोद अस्टिनसँग उक्त फेडरल ब्युरोले सेनाको सहयोगका लागि अनुरोध गरेको र उनले यसलाई स्वीकार गरेको समाचारमा जनाइएको छ ।

सो सहयोग अन्तर्गत अमेरिकी रक्षा मन्त्रालयले इमर्जेन्सी विभागका लागि एक हजार एक सय १० जना सैनिक खटाउने जानकारी गराइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यही १५ फेब्रुअरीसम्ममा देशभर सबै नागरिकलाई आम रुपमा यो खोप दिने प्रयोजना लागि कम्तीमा पनि एक सयवटा खोप केन्द्रहरु सार्वजनिक स्थलहरुमा राखिने बताएका छन् । 
 
यस प्रयोजनका लागि यहाँको सेनाले सैनिक चिकित्सकहरु र स्वास्थ्यकर्मीहरु खटाउने अधिकारीहरुले जानकारी दिएका छन् । ती अधिकारीहरुका अनुसार अमेरिकामा पछिल्लो समय कोभिड १९ संक्रमितहरुको संख्या बढ्दै गएको र मृत्यु हुनेको संख्या पहिलेका तुलनामा झनै बढ्न थालेकाले यसका विरुद्धको खोप लगाउने प्रक्रियालाई थप गति दिनुपर्नेमा जोड दिइएको छ ।
 

सुझावित समाचार