अष्टलक्ष्मी शाक्यसहित नेकपा प्रचण्ड–नेपाल समूहका नेता पक्राउ

बिहिबार, २२ माघ, २०७७
डिजिटल संस्करण
अष्टलक्ष्मी शाक्यसहित नेकपा प्रचण्ड–नेपाल समूहका नेता पक्राउ

तस्बिर : विष्णु रिजालको फेसबुकबाट

प्रहरीले नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यसहितका नेता पक्राउ गरेको छ । नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, केन्द्रीय सदस्य अमृता थापा, कृष्ण केसी र युवा नेता रमेश मल्ललगायतलाई प्रहरीले पक्राउ गरेको हो ।

शाक्यद्वय र थापालाई कलंकीबाट, केसीलाई चाबलिहबाट र मल्लसहितका केही नेतालाई बागबजारबाट पक्राउ गरेको नेता विष्णु रिजालले जानकारी दिए । 

नेकपा प्रचण्ड–नेपाल समूहले आज आमहडतालको घोषणा गरेको छ । आमहडताल गर्न सडकमा निस्किएका नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । 

सुझावित समाचार