संविधानमाथिको प्रश्नमा वकिलहरू व्यावसायिकता भनेर विचारबाट भाग्न मिल्दैन : योगेश भट्टराई

शनिबार, १० माघ, २०७७
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्य योगेश भट्टराईले संविधानमाथिको प्रश्नमा वकिलहरू व्यावसायिकता भनेर विचारबाट भाग्न नपाउने बताएका छन् । शनिबार माक्र्सवादी ज्ञान केन्द्रले आयोजना गरेको प्रतिनिधिसभा विघटन र समाजवादी क्रान्तिको मार्गचित्र विषयक अन्तर्क्रिया कार्यक्रममा उनले वकिलहरू कुनै फौजदारी विषयको मुद्दामा लड्न स्वतन्त्र भए पनि संविधानको विषयमा व्यावसायिक धर्म भनी जान नमिल्ने बताए ।

संविधानमाथिको प्रश्नमा वकिलहरू व्यावसायिकता भनेर विचारबाट भाग्न नपाउने उनको भनाइ छ । प्रधानमन्त्री ओली द्रुत गतिमा दक्षिणपन्थी बनेको उनले दाबी गरे । 

संविधानमा भएका कतिपय विषय प्रधानमन्त्री ओलीलाई मन नपरेको भन्दै उनले तिनै मुद्दालाई संशोधन गर्न ओलीले दुईतिहाइ मत मागेको बताए । नेपालको संविधानको निर्माता आफ्नो पार्टी, वर्ग, विचार र सिद्धान्त भएकाले संविधानप्रति आफूहरूको लगाव र स्नेह रहेको उनको भनाइ छ ।  

सुझावित समाचार