सुर्खेतको भेरीगंगा नगरपालिका– १ को छिन्चुमा टिपरको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिपरले छिन्चुतर्फ जाँदै गरेको भे.७प ५२०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकजना युवतीको मृत्यु भएको हो ।
वीरेन्द्रनगर– ११ का २३ वर्षीया ताराकुमारी आलेलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको र मोटरसाइकल चालक कालिकोट शुभकालिका गाउँपालिका २६ वर्षीय दुर्गा शाही घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी रामप्रसाद घर्तीले बताए ।
‘छिन्चुबाट वीरेन्द्रनगरबाट नेपालगन्ज जाँदै गरेको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको टिपरले ठक्कर दिँदा युवतीको मृत्यु भएको हो,’ उनले भने, ‘टिपर र चालकलाई इलाका प्रहरी कार्यालय छिन्चुले नियन्त्रणमा लिएको छ ।’