पोको एम २ र पोको सी ३ नेपालमा सार्वजनिक

बिहिबार, १६ पुष, २०७७
डिजिटल संस्करण

स्मार्ट फोन ब्रान्ड पोकोले नेपालमा दुई मोडेल पोको एम२ र पोको सी३ सार्वजनिक गरेको छ । ब्रान्डले नेपालमा दोस्रोपटक आफ्ना उत्पादन भित्र्याएको  हो । साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले पोकोले पहिले नै मी–फ्यानहरू र प्रयोगकर्ताबाट निकै राम्रो प्रतिक्रिया पाएको बताए ।

नेपालमा दुई नयाँ स्मार्ट फोेनहरू सार्वजनिक गर्दा प्रयोगकर्ताको छनोटका लागि शीर्ष विशेषताहरूका साथ पोको एम२ र पोको सी३ प्राप्त भएको उनको भनाइ थियो । पोको एम२ मा मिडियाटेक हेलियो जी८० अक्टा–कोर प्रोसेसरका साथै २.० जिएचजेडमा दुई कोटेक्स–ए७५ र १.८ जिएचजेडमा ६ कोटेक्स–ए५५ रहेको कम्पनीले जनाएको छ । यसले पर्फमेन्स र दक्षताबीच सन्तुलन झल्काउने कम्पनीको दाबी छ । 

यसमा ६ जिबी  र्याम र ६४ जिबी रोमका साथ यो पूर्ण सम्पन्न उपकरणले यो श्रेणीका मापदण्डहरूलाई माथि उठाउने कम्पनीले जनाएको छ । ६.५३ इन्च पूर्ण एचडी प्लस डिस्प्ले, २३४० गुणा १०८० रिजोलुसन रहेको जनाइएको छ । कर्निङ गोरिला ग्लास ३ ले स्क्रिनलाई आकस्मिक क्षति र स्क्र्याचबाट सुरक्षित राख्ने कम्पनीको दाबी छ । 


यसमा रहेको क्वाड क्यामेरामा १३ एमपी प्राइमी सेन्सर, ८ एमपी अल्ट्रा वाइड सेन्सर, ५ एमपी म्याक्रो सेन्सर र २ एमपी डेप्थ सेन्सर रहेको जनाइएको छ । ८ एमपी अल्ट्रा वाइड क्यामेराका साथ १ सय १८ डिग्री फिल्ड भ्यू खिच्न सक्ने कम्पनीले जनाएको छ । ५००० एमएएच बिल्ट—इन ब्याट्री रहेको यसको मूल्य १९ हजार रुपैयाँ तोकिएको छ । ४ जिबी ¥याम र ६४ जिबी रोमको फोनको भने १५ हजार रुपैयाँ मूल्य रहेको कम्पनीले जनाएको छ । 

 पोको सी३ 
पोको सी३ बजारमा उपलब्ध भएको सबैभन्दा सस्तो ट्रिपल क्यामेरा फोन रहेको कम्पनीको दाबी छ । यसको ट्रिपल क्यामेरा सेटअपमा १३ एमपी प्राइमरी सेन्सर, २ एमपी म्याक्रो सेन्सर र १३ एमपी डेप्थ सेन्सर रहेको जनाइएको छ । ५००० एमएएच ब्याट्री भएको यसमा मिडियाटेक हेलियो जी ३५.८ कोर प्रोसेसरका साथ कोटेक्स–ए५३ कोरका साथ २.३ जिएचजेडसम्म क्लक गरिएको कम्पनीले जनाएको छ । यसमा ६.५३ इन्च पूर्ण एचडी प्लस डिस्प्लेका साथ १६०० गुणा ७२० रिसोलुसन र २०ः९ को आकृति अनुपात रहेको जनाइएको छ । 

सुझावित समाचार