२०२० को मूल्यमै २०२१ संस्करण गाडी बुकिङ गर्न सकिने ‘फोर्ड विन्टर फेस्ट’

बिहिबार, ९ पुष, २०७७
डिजिटल संस्करण

फोर्ड गाडीको नेपालका लागि आधिकारिक विक्रेता जिओ अटोमोबाइल्स् प्रालिले फोर्डको २०२१ संस्करण २०२० कै मूल्यमा बुकिङ गर्ने योजनालाई निरन्तरता दिएको जनाएको छ । कम्पनीले क्रिसमसको अवसरमा लबिम मलले आयोजना गर्ने मेलामा सहकार्य गर्दै विभिन्न उपहार ग्राहक वर्गमाझ बाढ्ने तथा बुकिङ गर्ने व्यवस्था गरेको हो । 

कम्पनीले फोर्ड इकोस्पोर्ट र फोर्ड फ्री स्टाइलको टेस्ट ड्राइभको पनि व्यवस्था गरिएको जनाएको छ । यस उत्सवमा ग्राहकले विभिन्न अद्भुत र आश्चर्यजनक खेल, प्रतियोगिताका साथै यसपालि अलि फरक किसिमको अन्तत्र्रिmया गर्ने मौका पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । 

कम्पनीको डिजिटल प्रचारअन्तर्गत उत्सवमा सहभागीले तल्लो फ्लोरमा रहेको क्रिसमस–ट्रीसँगै फोटो खिची आफ्नो सोसियल मिडियामा तोकिएको ह्यास्ट्याग पोस्ट गरी दैनिक आकर्षक उपहार जित्न सक्ने कम्पनीले जनाएको छ ।

सुझावित समाचार