नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले विभिन्न समितिका सभापतिहरूलाई औपचारिक पत्र हस्तान्तरण गरेका छन् । महासंघ सचिवालयका अनुसार उद्योग समितिमा भरतराज आचार्य, व्यापार समिति विजयसिंह वैद्य, घरेलु तथा साना उद्योग समिति डिबी बस्नेत, महिला उद्यमी विकास समिति रीता सिंह, स्थल यातायात तथा पारवहन समिति प्रकाशसिंह कार्की, कर तथा राजस्व समिति सन्दीपकुमार अग्रवाल, पर्यटन तथा हवाई यातायात समिति ज्योत्सना श्रेष्ठ, सूचना तथा सञ्चार प्रविधि विकास समिति मंगेशलाल श्रेष्ठ र बैंक, वित्तीय तथा बिमा समितिमा साहिल अग्रवाललाई जिम्मेवारी दिइएको छ ।
अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन समितिमा आनन्दकुमार अग्रवाल बगाडिया, स्टार्ट अप एन्ड इनोेभेसन समितिमा रञ्जितराज आचार्य, स्थानीय विकास समिति सुरकृष्ण वैद्य र स्वास्थ्य तथा सीप विकास समितिमा हेमराज ढकाल, निर्यात प्रवद्र्धन समिति मनीषलाल प्रधान, व्यापार मेला समितिमा नरेन्द्र खडका, ऊर्जा तथा वातावरण समितिमा गोपाल खनाल र सहरी विकास समितिमा मीनमान श्रेष्ठ सभापतिमा चयन भएका छन् ।
फोरमतर्फ द्विर्राष्ट्रिय एवं गैरआवासीय नेपाली समन्वय फोरममा इन्जिनियर देशबन्धु बस्नेत (अजित), सामाजिक तथा स्वास्थ्यसेवा फोरममा राजन श्रेष्ठ, चलचित्र तथा मनोरञ्जन फोरममा आकाश अधिकारी, पुँजी बजार फोरममा अम्बिकाप्रसाद पौड्याल र विदेशी रोजगार फोरममा विष्णु गैरेलाई सभापतिको जिम्मेवारी दिइएको छ ।
महासंघका अध्यक्ष गोल्छाले समिति तथा फोरमको सभापतिको जिम्मेवारी पाएका कार्यकारिणी समितिका सदस्यहरूलाई सिंगो निजी क्षेत्रलाई सशक्त ढंगबाट अगाडि बढाउने र महासंघको गरिमा उच्च बनाउने गरी परिणाममुखी ढंगले भूमिका निर्वाह गर्न आग्रह गरे । साथै, उनले सभापतिहरूलाई आ–आफ्ना समिति तथा फोरमलाई शीघ्र पूर्णता दिई तदारुकतासाथ काम गर्न पनि आग्रह गरेका छन् ।
वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नवनियुक्त सभापतिहरूलाई बधाईसहित जिम्मेवारीका साथ भूमिका निर्वाह गर्न आग्रह गरे । कार्यक्रममा उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ, रामचन्द्र संघई र कोषाध्यक्ष शुकुन्तलाल हिराचनको सहभागिता थियो ।