कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले राष्ट्रपतिले संसद्लाई अर्को प्रधानमन्त्री चुन्ने अवसर दिनुपर्ने बताएका छन् ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग बहुमत नभएपछि वैकल्पिक प्रधानमन्त्रीका लागि मार्गप्रशस्त गर्नुपर्ने हो, त्यसो नगरी संसद् विघटनको सिफारिस गर्नु गैरसंवैधानिक छ, राष्ट्रपतिले यो सिफारिस स्वीकृत गर्न मिल्दैन,’ नयाँ पत्रिकासँग उनले भने, ‘संसद्लाई अर्को प्रधानमन्त्री चुन्ने अवसर दिनुपर्छ, मार्गप्रशस्त गर्नुपर्छ ।’