सर्लाहीका श्यामकृष्ण साह कलवार (श्याम परदेशी) र रामबाबु राय यादवपछि मोरङमा चर्को मिटर ब्याजमा ऋण लगाउँदै सर्वसाधारणको उठिवास लगाउने अर्का साहुकार फेला परेका छन् । विराटनगर महानगरपालिका–९ घोगापुल चोकमा बस्दै आएका ४२ वर्षीय मन्टु भनिने सञ्जयप्रसाद रौनियारले करिब १२ वर्षयता सर्वसाधारणबाट मिटर ब्याजबाट करोडौँ असुलिसकेको खुलेको छ । हालसम्म सर्वसाधारणको ४८ कित्ता जग्गा सञ्जयको नाममा देखिएको छ । यस्तै, उनकी श्रीमती ज्योति रौनियारको नाममा २३ कित्ता जग्गा राजीनामा पास गराइसकेको खुलेको छ । सम्पत्ति शुद्धीकरण विभागमा ७ मंसिरमा दर्ता भएको उजुरीअनुसार ०७० सालयता रौनियारले अदालतमा सर्वसाधारणविरुद्ध तीन सयवटा लेनदेन मुद्दा दायर गरेको उल्लेख छ । मिटर ब्याजबापत करिब ५० करोड रुपैयाँ उनले आर्जन गरेको पनि उजुरीमा उल्लेख छ । यस्तै, उजुरीअनुसार विराटनगरका विभिन्न व्यापारीलाई हालसम्म करिब ५० करोड रुपैयाँ लगानी गरेका छन् । अवैध आर्जनबापतको रकम भारत साहिरागन्ज, टावरचोक, मुजफ्फरपुरस्थित ससुरालीमा पु¥याएर लुकाएको पनि उजुरीमा उल्लेख छ ।
यसरी लगाउँछन् उठिवास...
वामदेवको मध्यस्थतामा ओली-प्रचण्डबीच खुमलटारमा छलफल, प्रचण्डलाई ओलीले के भने ? [भिडियाेसहित]
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच उपाध्यक्ष वामदेव गौतमको मध्यस्थतामा छलफल सुरु भएको छ । प्रचण्डलाई भेटन ओली आज ११ बजे खुमलटार पुगेका थिए । ओली पुगेको केही समयपछि उपाध्यक्ष वामदेव गौतमसमेत खुमलटार पुगेका छन् । अहिले तीनैजनाबीच छलफल भइरहेको छ । स्राेतका अनुसार, पार्टीभित्र देखिएको विवाद हल गर्न ओलीले वामदेवलाई प्रचण्डसँग मध्यस्थता गर्न भनेबमोजिम गौतमले आजको समय मिलाएका थिए । ‘तपाईं प्रचण्डसँग कुरा गर्ने समय मिलाउनुस्, त्यहीअनुसार भेटेर कुरा गर्छु’ ओलीको भनाइ उद्धृत गर्दै स्राेतले भन्यो, ‘त्यसपछि गौतमले प्रचण्डसँग कुरा गरेर आजको छलफलको समय मिलाइएको हो ।’
खुमलटारबाट फर्केर गृहमन्त्री निवास पुगे प्रधानमन्त्री
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली खुमलटारबाट फर्केपछि सोझै गृहमन्त्री रामबहादुर थापा बादल निवास पुल्चोक पुगेका छन् । गृहमन्त्री सचिवालय श्रोतले दिएका जानकारी अनुसार, ओली आकस्मिकरुपमा गृहमन्त्री निवास पुगेका हुन् । प्रचण्डसँग वामदेव गौतमको उपस्थितिमा छलफल भएपनि सार्थक नतिजा ननिस्केपछि प्रधानमन्त्री गृहमन्त्री निवास पुगेका हुन् । ओली फर्केपछि नेता माधव नेपाल खुमलटार पुगेका थिए ।
दैलेख प्रहरीद्वारा पाँच महिनामा ५४ फरार अभियुक्त पक्राउ
जिल्ला प्रहरी कार्यालय दैलेखले जिल्ला अदालत दैलेखबाट विभिन्न कसुर सजायको फैसला सुनाएर फरार रहेका अभियुक्तहरूलाई पक्राउ गरेर फरार अभियुक्त शून्य बनाउने अभियान थालेको छ । दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले भने, 'विगत पाँच महिनायता दैलेखमा ५४ जना फरार अभियुक्त पक्राउ गरेका छौँ । बाँकी सबैको खोजी कार्य तीव्र पारिएकाले केही महिनाभित्र सबैलाई पक्राउ गर्ने गरी प्रहरीले काम सुरु गरेको छ ।' पाँच वर्षअघिको तत्थ्यांक केलाउने हो भने वर्षमा १२ जनासम्म पक्राउ गर्न सफल भएको दैलेख प्रहरीले नयाँ प्रहरी प्रमुख अनुपम श्रेष्ठ जिल्लामा आएसँगै फरार अभियुक्त पक्राउको अभियान प्रभावकारी बनाइएको छ ।
कांग्रेस र जसपाबीच दुईबुँदे समझदारी
प्रमुख प्रतिपक्षी दल कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच दुईबुँदे समझदारी भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा दुई दलबीच शनिबार भएको छलफलमा संसद् अधिवेशन बोलाउन सरकारसँग माग गर्ने र प्रतिपक्षी दलहरूबीच सहकार्य गरेर अगाडि बढ्ने समझदारी भएको हो । छलफलमा कांग्रेसबाट देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, डा। मीनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए । यस्तै, जसपाका अध्यक्ष महन्थ ठाकुर, नेताहरू बाबुराम भट्टराई र राजेन्द्र महतो सहभागी थिए । ‘यो सरकारको अकर्मण्यताको कसरी प्रतिरक्षा गर्ने ? प्रतिपक्षीको धर्म कसरी निभाउने ? भन्ने विषयमा छलफल भयो, मिल्न सक्ने साझा मुद्दाहरूमा मिलेर जाऔँ भन्ने कुरा भयो,’ बैठकपछि कांग्रेसका वरिष्ठ नेता पौडेलले नयाँ पत्रिकासँग भने ।
यस्तो छ दुईबुँदे समझदारी
१. संसद् अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गर्ने । २. लोकतन्त्रको रक्षा, भ्रष्टाचार, कोभिड १९ को विविध पक्ष, आर्थिक संकटलगायतका जनसरोकारका विषयमा संसद्मा भएका प्रतिपक्षी दलहरूबीच सहकार्य गरेर अगाडि बढ्ने ।
जिल्लामै रोकिए कांग्रेसका क्रियाशील सदस्यताको विवरण
कांग्रेसको क्रियाशील सदस्यताको विवरण जिल्लामै रोकिएको छ । केन्द्रीय समितिको २८ कात्तिकमा बसेको बैठकले मंसिर मसान्तभित्र पुराना क्रियाशील सदस्यहरूको नवीकरण र नयाँ क्रियाशील सदस्यताको विवरण केन्द्रमा पठाइसक्न निर्देशन गरेको थियो । तर, मंसिर बितिसक्दा पनि सदस्यताको विवरण बुझाउन चाहने जिल्लालाई समेत कांग्रेसले विवरण नपठाउन निर्देशन गरेको छ । क्रियाशील सदस्यताको विवरण सफ्टवेयरमार्फत जिल्लाबाटै भर्ने व्यवस्थाका लागि भन्दै सदस्यता जिल्लामै रोकेर राख्न निर्देशन गरेको हो । तर, धेरैजसो जिल्लामा सदस्यता नवीकरण र सदस्यता वितरणको काम भने सकिएको छैन । कांग्रेसले ७४ वटा जिल्लामा सदस्यता फारम पठाएको छ । तर, अहिलेसम्म अर्घाखाँची जिल्लाबाट मात्रै क्रियाशील सदस्यताको विवरण केन्द्रीय कार्यालयमा आइपुगेको छ । ‘सबैलाई पार्टीको सर्कुलरबमोजिम तयारी गर्न ताकेता गरिरहेका छौँ, तर २९ मंसिरको सरकारविरुद्ध प्रदर्शनको कार्यक्रमसमेत परेकाले केही ढिलाइ हुनुलाई स्वाभाविक मान्नुपर्छ,’ प्रवक्ता विश्वप्रकाश शर्माले नयाँ पत्रिकासँग भने ।
भारतमा जनवरीदेखि कोरोनाविरुद्धको भ्याक्सिन लगाउने तयारी
भारतमा आगामी जनवरीदेखि कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप लगाउने गरी तयारी सुरु भएको छ । स्वास्थ्य विभागका एक अधिकारीका अनुसार भारतको औषधि नियमन गर्ने संस्थाले आगामी केही साताभित्रै आपत्कालीन अवस्थामा प्रयोग गर्ने गरी केही भ्याक्सिनलाई अनुमति दिँदै छ । भारतमा दुईवटा कम्पनीका भ्याक्सिनले यसअघि नै आपत्कालीन अवस्थामा लगाउन मागसहित निवेदन दिइसकेका छन् । ती भ्याक्सिन अहिले पनि क्लिनिकल ट्रायलमै छन्र ।
स्लोभाकियाका केही मन्त्रीसहित प्रधानमन्त्रीलाई कोरोना संक्रमण
स्लोभाकियाका प्रधानमन्त्री इगोर माटोभिक कोरोनाभाइरसबाट संक्रमित भएका छन् । ब्रसेल्समा भएको युरोपेली संघको एउटा सम्मेलनमा सहभागी भएको एक सातापछि उनी संक्रमित भएका हुन् । उनले आफू भाइरसबाट संक्रमित भएको शुक्रबार जानकारी दिएका छन् । सम्मेलनमा फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रों पनि सहभागी थिए। उनलाई केही दिनअगाडि नै संक्रमण पुष्टि भएको थियो । उनलाई संक्रमण पुष्टि भएसँगै उनको सम्पर्कमा रहेका विभिन्न देशका नेता र फ्रान्सका उच्च अधिकारीहरू पनि सेल्फ आइसोलेसनमा बसेका थिए । कोरोना संक्रमण पुष्टि भएको ल्याबको कागजको फोटोसमेत राखेर उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आज म पनि तिम्रो एउटा संक्रमित भएको छ् । म क्रिसमस मनाउने वेलामा अस्पतालमा बस्नु नपरोस् भन्ने चाहन्थेँ, तर अहिले मेरो योजना र चाहना पूरा हुन कठिन हुने देखेको छु ।’
मोडर्ना भ्याक्सिनले पनि अमेरिकामा मान्यता पायो
अमेरिकाले कोरोना भाइरस (कोभिड १९)विरुद्ध आफ्नै देशको औषधि कम्पनी मोडर्नाले निर्माण गरेको भ्याक्सिनलाई पनि आपत्कालीन प्रयोगका लागि मान्यता दिएको छ । मोडर्ना अमेरिकामा मान्यताप्राप्त गर्ने कोरोना भाइरसविरद्धको दोस्रो भ्याक्सिन हो । अमेरिकाले यसअघि जर्मन कम्पनी बायोन्टेक र अमेरिकी कम्पनी फाइजरले संयुक्त रूपमा निर्माण गरेको भ्याक्सिनलाई पनि मान्यता दिइसकेको छ । फाइजर भ्याक्सिनलाई अमेरिकाभन्दा पहिले बेलायतले मान्यता दिएको थियो । अमेरिका, बेलायत, क्यानडालगायत देशमा फाइजर भ्याक्सिन सर्वसाधारणका लागि समेत लगाउन (मास भ्याक्सिनेसन) सुरु गरिएको छ ।
‘किसानको जिन्दगी, नारीको इज्जत र फौजीको ज्यानबाहेक सबै महँगो छ देशमा’ [तस्बिरहरू]
काठमाडौंको माइतीघरमा आन्दोलनरत उखु किसानको आन्दोलन आज सातौँ दिनमा प्रवेश गरेको छ । काठमाडौंमा चिसो बढ्दै जाँदा किसानको आन्दोलन भने सशक्त बन्दै गएको छ । शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी र प्रमुख प्रतिपक्षी दल कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्दोलनस्थलमा गएका ऐक्यबद्धता जनाए ।