राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजतन्त्रका पक्षधरलाई समेत लाज लाग्ने गरी गणतन्त्रको धज्जी नउडाउन नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष थापाले गाईजात्रा अति भएको भन्दै बन्द गर्न निर्देशनसमेत दिए ।
उनले लेखेका छन् ‘अब अतिभो, गाईजात्रा बन्द गर्नुहोस् । हामीजस्ता राजसंस्थासहितको लोकतन्त्र पक्षधरलाई समेत लाज लाग्ने गरी गणतन्त्रको धज्जी नउडाउनुहोस् । हिजो हिमालय पर्वतजस्तो भीमकाय तपाईंहरूको व्यक्तित्व खिया परेर अहिले धुलिसात् भइसक्यो। कमसेकम लोकलज्जाको त ख्याल राख्नोस् ।’
