कैलाश हेलिकोप्टरले कोरोनाका बिरामीकाे उद्धार गर्ने

शनिबार, २७ मंसिर, २०७७
डिजिटल संस्करण

कैलाश हेलिकोप्टरले कोभिड–१९ संक्रमित बिरामी उद्धार गर्ने अनुमति प्राप्त गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा विश्व स्वास्थ्य संगठनको नीति–निर्देशन पालना गरी कैलाश हेलिकोप्टरले उद्धार अनुमति प्राप्त गरेको कम्पनीका प्रबन्ध सञ्चालक प्रतापजंग पाण्डेले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।

उद्धार उडानमा प्रतिष्ठित अस्पतालको विज्ञ टोली, कोभिड बिरामी बोक्न आइएसओ मान्यताप्राप्त कम्पनीद्वारा निर्मित प्यासेन्ट आइसोलेट युनिट (पिआइयू) तथा आवश्यक स्वास्थ्य सामग्री तयारीका साथ रहने कम्पनीले जनाएको छ ।

कम्पनीको हेलिकोप्टरले विगतदेखि नै अन्य अशक्त बिरामीको उद्धार गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।

सुझावित समाचार