सन् १९८२ मा इटालीलाई विश्वकप फुटबल उपाधि दिलाएका पाउलो रोसी निधन भएको छ । लामो समयदेखि रोगले ग्रस्त रोसी ६४ बर्षको उमेरमा दिवंगत भएको युभेन्टसले जनाएकोछ ।
विश्व फुटबल जगतमा दुई साता भित्र दुई हस्ती गुमाएकोछ । दुई साताअघि शताब्दीकै महान् खेलाडी डिएगो म्याराडोनाको ह्दय घातका कारण निधन भएको थियो ।
रोसीकी श्रमिती फेडिरिका कापेलेटीले आफना श्रीमान्को निधन भएको इन्स्टाग्राममा उल्लेख गरेकी छिन् ।
फेडिरिकाले रोसीको निधनको कारण उल्लेख गरेकी छैनन् । श्रीमानप्रति फेडिरिकाले भावपूर्ण शब्द खर्चदै श्रद्धान्जली दिएकी छिन् ।
उनी लेख्छिन्, ‘यो संसारमा तपाई जस्तो अरु कोही पनि हुन सक्दैन, मेरो तथा फुटबलमा तपाई विशेष हुनुहुन्छ, हजुरपछि अव मेरोजीवनमा केही रहने छैन ।’ इटालीको आरएआइ स्पोट प्रिजेन्टरले रोसी विर्सन नसक्ने बताएको छ ।
‘सन् १९८२ कै हिरोलाई हामी कसरी भुल्न सक्छौँ,’ आएआइले भनेको छ, ‘हामीलाई विश्वकपमा गौरवान्वित बनायौँ ।’
यसैगरी सन् १९९० मा पश्चिम जर्मनीलाई विश्वकप उपाधि दिलाउँदा अर्जेन्टिनाविरुद्धको फाइनलमा निर्णायक पेनाल्टी गोल गरेका जर्गेन क्लिन्सम्यानले पनि रोसीप्रति श्रद्धान्जली दिएका छन् ।
उनले भनेका छन्, ‘प्यारो पाविलिटोलाई हामी सधै सम्झिरहने छौँ, १९८२ को विश्वकप वास्तववै रोसीकै कारण उत्कृष्ट बनेको थियो ।’
रोसीलाई विश्वकै एक उत्कृष्ट स्ट्राइकर मानिन्छन् । इटालीबाट प्रकासित हुने ला जाजेएटाले पनि रोसीलाई विश्वकै महान स्ट्राइकरको दर्जा दिएकोछ ।

‘विश्वकै एक उत्कृष्ट फवार्ड हामीबीच छैनन, पेनाल्टी क्षेत्रमा उनको शैली गज्जवको थियो, रोसीले पेनाल्टी क्षेत्रमा गरेको गोल हेर्न सवै लालायित हुन्थ्यौँ,’ जाजेएटाले लेख्छ । सन् १९८२ मा इटालीले तत्काल पश्चिम जर्मनीलाई ३–१ ले हराउँद विश्वकप उपाधि उचाल्दा रोसीले एक महत्वपूर्ण गोल गरेका थिए ।
सोही विश्वकपमा उनले स्पेनविरुद्ध गरेको गोल पनि उत्कृष्टमै पर्छ । धेरै अर्थमा सन् १९८२ को विश्वकपमा रोसीका लागि ऐतिहासिक नै रह्यो ।
सो विश्वकपमा रोसीले ब्राजिलका जिको, अर्जेन्टिनाका डिएगो म्याराडोना, पोल्यान्डका बोनिएक्स तथा जर्मनीका रुमेनिगीलाई छायाँमा पारेका थिए । तत्काल उपाधि दावेदार मध्ये एक ब्राजिलविरुद्ध इटालीले प्रतिस्पर्धा गरेको थियो ।
सो खेलमा इटाली ३–२ ले विजयी भयो । जसमा रोसीले ह्याट्रिक लगाएका थिए । सेमिफाइनलमा पोल्यान्डमाथि इटालीले २–० को सानदार जित निकाल्दा रोसीले दुवै उनलेनै गरेका थिए ।
त्यस विश्वकपमा रोसीले प्रेरणदायी प्रदर्शन गरेको र इटालीलाई विश्व च्याम्पियन बनाउन विशेष योगदान दिएका कारण नै उनलाई गोल्डेन बुट र गोल्डेन बल उपाधि दिइएको थियो ।
विश्वकपमा कुल ६ गोल गरेका रोसीले त्यसबर्ष फिफाको बालोन डि अर उपाधिसमेत जितेका थिए ।
एकै बर्ष गोल्डेन बुट, गोल्डेन बल तथा फिफा बर्ष खेलाडी हुने रोसी अहिलेसम्मकै एक्ला खेलाडी हुन ।
रोसीले आफनो करिअरमा रोसीले १९७७ देखि ८६ सम्मको अवधिमा इटलीका लागि ४८ खेल खेल्दै २० गोल गरे ।
उनले चार सिजन युभेन्टसमा विताउँदा दुई सिरी ए, एक युरोपियन कप र एक कोपा इटालिया कप उचालेका थिए ।
उनले क्लब स्तरीय खेलमा ३ सय ३८ खेलमा १ सय ३४ गोल गरे ।