ओली-प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

बुधबार, २४ मंसिर, २०७७
डिजिटल संस्करण

नेकपाका अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

पार्टीभित्रको विवाद उत्कर्षमा रहेका बेला बुधबार बिहान प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटार गएका थिए । ओली र प्रचण्डबीच करिब २ घण्टा छलफल भएको थियाे ।

पार्टीभित्र विवाद उत्कर्षमा पुगेको र दुई अध्यक्षबीच प्रतिवेदन तथा पत्र जुहारी चलेको अवस्थामा भएको यो भेटवार्तालाई चासोका साथ हेरिएको छ।

मंसिर २१ बाट सुरु भएको स्थायी कमिटी बैठकमा दुवै अध्यक्षका प्रतिवेदन र पत्रहरु छलफलका लागि प्रस्तुत गरिएको थियो। स्थायी कमिटी सदस्यलाई प्रतिवेदन अध्ययनका लागि एक हप्ताको समय दिएर बैठक २८ गतेसम्मलाई स्थगित भएकाे छ। 

ओली २१ गतेको बैठकमा अन्तिम समयमा बैठकमा सहभागी भएनन् । उनले बैठकमा अनुपस्थित हुनुका कारणसहितको पत्रमार्फत स्थायी कमिटी सदस्यलाई सम्बोधन गरेका थिए।

सुझावित समाचार