राष्ट्रपति भण्डारीले जारी गरिन् दुई अध्यादेश

आइतबार, २१ मंसिर, २०७७
डिजिटल संस्करण

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा दुई अध्यादेश जारी गरेकी छिन् । 

संविधानको धारा ११४ को उपधारा (१) बमोजिम यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता बद्रीनाथ अधिकारीले विज्ञप्तिमा जनाएका छन् । 

सुझावित समाचार