भारतीय विदेशसचिवको भ्रमणले औपचारिक संवादको ढोका खोलेको छ– परराष्ट्रमन्त्री

शुक्रबार, १९ मंसिर, २०७७
डिजिटल संस्करण

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय विदेशसचिव हर्षबर्धन शृंगलाको भ्रमणले औपचारिक संवादको ढोका खोलेको बताएका छन् ।

नक्सा प्रकाशन गरिसकेपछि असहज सम्बन्धमा औपचारिक संवादकाे ढोका खुला गरेको उनको भनाइ छ ।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बसेको बैठकमा उनले भने, ‘संवादहीनता रहनुहुँदैन थियो । विदेशसचिवको भ्रमणले औपचारिक संवादको ढोका पनि खोलेको छ ।’

विदेशसचिवसँगको भेटवार्तामा सीमा समस्यालाई औपचारिक एजेन्डा बनाएको पनि उनले जानकारी दिए । यद्यपि सीमाबारे मात्रै नभएर अन्य धेरै विषयमा पनि छलफल भएको उनको भनाइ थियो ।

विकास साझेदारी, लगानी, व्यापार र सन्धिहरूमा समयानुकूल संशोधनका लागि वार्ता चलिरहेको उनको भनाइ छ। नेपाल–भारत ज्वाइन्ट कमिसनको बैठकको तयारी पनि भइरहेको मन्त्री ज्ञवालीको भनाइ छ ।

२०१९ मा यस्तो बैठक नेपालले गरे पनि यसपटक भारतले गर्ने पालो रहेको उनको भनाइ छ ।

उक्त बैठकमा भारत र नेपालबीच रहेको विभिन्न ‘मेकानिजहरू’ एजेन्डाको रूपमा आउने जानकारीसमेत दिए । 

सुझावित समाचार