विधेयकहरूमा मिसिने ‘इन्ट्रेस्ट’ घटाउन लाग्नुपर्छ : सभामुख सापकोटा

शनिबार, १३ मंसिर, २०७७
डिजिटल संस्करण

सभामुख अग्निप्रसाद सापकोटाले कानुन निर्माणमा विधेयकलाई गुणस्तर बनाउने कुरामा आफूले कमी देखेको बताएका छन्। 

शनिबार संघीय संसद् र प्रदेश सभा सञ्चालन अनुभव आदानप्रदान एवं अन्तर्क्रिया कार्यक्रममा उनले विधेयकहरू हतारमा पास हुने गरेकोसमेत बताए।

कार्यक्रममा उनले भने,  ‘विधेयकलाई गुणस्तर बनाउने कुरामा कमी देखेका छौँ। हतारमा पास भएको छ। विधेयकहरूमा इन्ट्रेस्ट मिसिने गरेको छ । इन्ट्रेस्ट घटाउन लाग्नुपर्छ।’ 

समितिहरूलाई सक्रिय बनाउनुपर्नेसमेत सापकोटाको भनाइ थियो । समितिहरूले चेक एन्ड ब्यालेन्स गर्ने भएकाले यसको भूमिकालाई सक्रिय बनाउनुपर्नेमा जोड दिए । 

सभामुख सापकोटाले कानुन निर्माण प्रक्रियालाई जनमुखी र व्यावहारिक र संसद्लाई जनमुखी र जीवन्त बनाउनुपर्ने बताए।

सुझावित समाचार