युवराज खतिवडा भन्छन्- कूटनीतिक पहलमार्फत देश र जनताको हितमा काम गर्छु

बिहिबार, २७ कार्तिक, २०७७
डिजिटल संस्करण

अमेरिकाका लागि प्रस्तावित राजदूत युवराज खतिवडाले भौगाेलिक अखण्डता, मुलुकको स्वाभिमानलाई ख्याल गर्दै कूटनीतिक पहलमार्फत देश र जनताको हितमा लाग्ने बताएका छन्।

बिहीबार संसदीय सुनुवाइ समितिमा उनले व्यापार, पर्यटन बढाउन पनि आफ्नो महत्वपूर्ण भूमिका रहने बताए। उनले भने, ‘नेपाली श्रमिकहरूको पक्षमा पनि काम गर्छु । नेपाली विद्यार्थीका लागि अमेरिकामा कोटा बढाउन पनि मेरो भूमिका हुन्छ।’

नेपाल र अमेरिकाबीचको सबै सन्धि–सम्झौतालाई समझदारीपूर्वक अघि बढाउन पनि आफूले भूमिका खेल्ने उनको भनाइ छ । ‘राष्ट्रिय स्वार्थलाई सर्वोपरी ठानेर काम गर्छु,’  उनले समितिमा भने।

सुझावित समाचार