लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले ग्रिन भेन्चर लिमिटेडको साधारण सेयर निष्कासन गर्ने भएको छ । क्यापिटल र कम्पनीबीच सर्वसाधारणमा १ सय रुपैयाँ अंकित दरका ६२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने सम्झौता भएको हो ।
सम्झौतामा लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र ग्रिन भेन्चर लिमिटेडका अध्यक्ष सुभाषचन्द्र संघईले हस्ताक्षर गरेको जनाइएको छ ।