जर्मनीका राजदूतसँग नेपालमा लगानी भित्र्याउने वातावरण बनाउन आग्रह

सोमबार, २४ कार्तिक, २०७७
डिजिटल संस्करण

नेपाल उद्योग वाणिज्य महासंघले जर्मनीका लागि नेपालका नवनियुक्त राजदूत रामकाजी खड्कासँग नेपालको आर्थिक विकासका लागि गर्न सकिने कामको विषयमा छलफल गरेको छ । महासंघले खड्कालाई केन्द्रीय कार्यालयमा स्वागत गर्दै छलफल गरेको हो ।

नवनियुक्त राजदूत खड्काले देशको आर्थिक विकासका लागि आफ्नो कार्यकाललाई अधिकतम सदुपयोग गर्ने बताएको जनाइएको छ । उनले आफू कार्यरत देशबाट मुलुकभित्र लगानी, प्रविधि तथा आपसी सम्बन्ध विस्तारमा परिणामदायी कार्य गर्ने उनले बताए ।

देशले अघि सारेको रणनीतिअनुसार जर्मनीमा रहेर आफूले नवीनतम तवरले आर्थिक कूटनीतिका माध्यमबाट सहयोग गर्ने र सो क्रममा निजी क्षेत्रसँग समेत नजिकमा रहेर कार्य गर्ने उनको भनाइ थियो । 

महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले नवनियुक्त राजदूतको महासंघ सचिवालयमा स्वागत गर्दै आर्थिक, व्यावसायिक विकासमा निजी क्षेत्रले स्वदेशमा गरिरहेको प्रयासमा आफू कार्यरत देशमा रहेर सहयोग गर्न राजदूत खड्कालाई आग्रह गरेको महासंघले जनाएको छ । 

सुझावित समाचार