तिहारलाई लाइट अर्थात् बत्तीकाे चाड पनि भनिन्छ । तिहारको झल्को दिने झिलिमिली बत्तीकाे सहर बजारदेखि गाउँसम्म माग उच्च हुन्छ ।
यसपटक भने समय र परिस्थिति अलि भिन्न बनेको छ । कोरोना महामारीबाट उत्पन्न समस्याका कारण तिहारमा यसपटक झिलिमिली बत्तीलगायत विद्युतीय सामग्रीको खपत्त प्रभावित हुने व्यवसायी बताउँछन् ।
गत वर्ष तिहारका लागि ६० देखि ७० प्रतिशतसम्म माग रहेकोमा यसपटक ३० प्रतिशत मात्र माग रहेको व्यवसायी महासंघका अध्यक्ष सुदर्शन पौडेलले बताए ।
गत अघिल्लो वर्षको तिहारमा ६० करोडको तिहारका लागि झिलिमिली बत्ती आयात गरिएको थियो । कोरोना भाइरसका कारण यसपटक माग कमी आएको उद्योगधन्दा, व्यापार–व्यवसाय कम सञ्चालन रहेका कारण मागमा निकै कमी आएको अध्यक्ष पौडेलले नयाँ पत्रिकासँग बताए ।
‘व्यापार व्यवसाय कमी छ, लकडाउन व्यवसाय कमी आएकै कारण उत्साहमा कमी छ, त्यसैले भएकै स्टक र थोरै आयात गर्दा पनि माग धान्न सक्नेछ,’ पौडेलले भने ।
१८ करोडको विद्युतीय सामाग्रि आयत गरिने
गत वर्ष तिहारका लागि ६० करोडको तिहारको विद्युतीय सामग्री आयात गरिएको यसपटक मागमा कमी आएपछि १८ करोडको मात्र झिलिमिली बत्ती आयत गरिने महासंघले जनाएको छ । धेरैजसो आयात हुने विद्युतीय झिलिमिली बत्ती चिनियाँबाट आयात हुने गर्दछ । संघका अनुसार नेपालमा ९५ प्रतिशतभन्दा बढी तिहारका लागि चिनियाँ बत्ती आयात हुने गर्दछ ।
मूल्य नबढ्ने
गत वर्ष तिहारको समयमा ६० करोडबराबरको झिलिमिली बत्ती आयात हुँदा झन्डै २० प्रतिशतले मूल्य बढेको भए पनि यसपटक भने मूल्य नबढाउने व्यवसायीहरूले बताएका छन् । पौडेलका अनुसार यसपटक मूल्यमा कुनै थपघट हुँदैन, गत वर्षकै मूल्यमा राखिने पौडेलले नयाँ पत्रिकासँग बताए ।
‘यसपटक धेरै मार्जिन राखेका छैनौँ, यसपटक आयत पनि कमी हुने खपत पनि कम भएका कारण मूल्यमा कुनै सम्झौता गरेका छैनौँ,’ पौडेलले भने । होलसेल पसलबाट मूल्य नबढेको भए पनि व्यापारीहरूले भने मूल्य बढाएर उपभोक्ताहरूलाई बेच्दै आएका छन् ।
यसपटक पनि कोरोना महामारी र थप बत्ती आयात नहुने भएपछि मूल्य झनै बढ्न सक्ने खुद्रा व्यापारी अनिल यादव बताउँछन् । तिहारको पूर्वसन्ध्यामा बिजुली पसहलहरूमा अहिलेदेखि नै भिड बढ्ने गरेको छ । सहरबजारहरूमा यस्ता विद्युतीय माग उच्च रहने गर्दछ ।