नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीनिकट नेता तथा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेकपा सचिवालयमा नयाँ पुस्ताका नेताहरूको बाहुल्य रहनेगरी पुनर्गठन गर्न प्रस्ताव गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रक्रिया पार्टी सचिवालयमा पुरानाभन्दा नयाँ पुस्ताका नेताहरुको बाहुल्यता रहने गरी सचिवालयको पुनर्गठनबाट सुरु गरौँ । कमसेकम दुई कार्यकालका लागि झन्झटपूर्ण खेल खतम !’
प्रधानमन्त्री ओली र अर्को कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच विवाद चुलिएको वेला प्रधानमन्त्री ओलीका विश्वासपात्र बाँस्कोटाले सार्वजनिक गरेको याे भनाइलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
शनिबार मात्रै प्रधानमन्त्री ओलीले एक निजी टेलिभिजनलाई अन्तर्वार्ता दिँदै अब पार्टीको नेतृत्व ४० देखि ६० वर्ष उमेर समूहका नेताकाे हातमा जानुपर्ने धारणा राखेकै भोलिपल्ट बाँस्कोटाले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।