कुनै एक पक्षलाई साथ दिँदै राष्ट्रपति सक्रिय हुनु नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध गर्नु हो : भीम रावल

शुक्रबार, २१ कार्तिक, २०७७
डिजिटल संस्करण

विवादको चरम उत्कर्षबाट गुज्रिएको सत्तारुढ दल नेकपाका नेताहरूको विभिन्न घटनाक्रमहरूमाथि विभिन्न प्रतिक्रियाहरूको ओइरो लाग्न थालेका छन् । 

यसैक्रममा नेकपाका नेता भीम रावलले नेकपाको आन्तरिक राजनीतिमा राष्ट्रपति सक्रिय भएकोप्रति आपत्ति जनाएका छन् । 

उनले सामाजिक सञ्जाल ट्विटरमा यो कार्य राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लंघन, स्थापित प्रणालीको अवज्ञा भएको जनाएका हुन् । 

उनले राष्ट्रपतिको सक्रियताले नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने भन्दै यो कार्य गलत कार्य ठहरिने पनि जनाएका छन् । 

उनले लेखेका छन्, ‘नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिँदै राष्ट्रपति सक्रिय रहनुभएको समाचार आइरहेको छ । यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लंघन, स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिनेछ ।’

सुझावित समाचार