‘स्वास्थ्य परीक्षण गरिएका यात्रुको विदेशका गन्तव्यमा पुनः कोरोना पजिटिभ देखिने घटनाले देशकै बेइज्जत’

बुधबार, १९ कार्तिक, २०७७
डिजिटल संस्करण

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (एनएसी)ले स्वास्थ्य परीक्षण गरी आफ्नो जहाजमार्फत उडान भरेका यात्रुलाई विदेशी विमानस्थलमा प्रतिबन्ध लगाइँदा आफ्नो मात्र नभई देशकै बेइज्जत भएकाे जनाएको छ । 

निगमले विज्ञप्ति निकालेर स्वास्थ्य मन्त्रालयबाट मान्यता प्राप्त ल्याबबाट परीक्षण गरिएको कोरोना परीक्षण गरेका यात्रु आफ्नो जहाजबाट यात्रा गरी सम्बन्धित देशमा पुनः परीक्षण गर्दा कोरोना पजिटिभ देखिनुले निगमको प्रतिष्ठामा नोक्सानी पुग्नुका साथै देशकै प्रतिष्ठा गुमेको ठहर गरेको हो । 

नेपालमा कोरोना परीक्षण गरेको प्रमाणपत्रसहित निगमको जहाजमार्फत हङकङ, दुबई, जापानको नारितालगायतका गन्तव्यमा पुगेका यात्रुमा पुनः परीक्षण गर्दा कोरोना पजिटिभ देखिएपछि ती गन्तव्यमा निगमका जडाज उडान गर्न नै रोक लगाइएको छ ।

यस्तो अवस्थाले देशकै स्वास्थ्य प्रयोगशालाहरूको विश्वसनीयतामा नै प्रश्न खडा गरिदिएकोसमेत जनाएको छ ।

निगमले नेपाल सरकारबाट मान्यता प्राप्त स्वास्थ्य प्रयोगशालाहरूलाई सजगता अपनाउन पनि आग्रह गरेको छ । 

निगमले उडान गरी पुगेको विदेशका सम्बन्धित गन्तव्यमा पुनः कोरोना परीक्षण गर्दा पजिटिभ देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी यात्रु स्वयंले नै लिनुपर्नेसमेत जनाएको छ ।

सुझावित समाचार