प्रहरीले स्रोत नखुलेको एक करोड रुपैयाँसहित ओमबहालबाट तीनजनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले झापाका विकास मित्तल, कमल मित्तल र पर्वतका गणेश पौडेललाई पक्राउ गरेको हो । उनीहरूले हुन्डीको कारोबार गरेको प्रहरी दाबी छ ।
अन्य व्यवसायको आवरणमा हुन्डीको कारोबार गर्दै आएको सूचनाका आधारमा सिआइबीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको गिरोहमाथि थप अनुसन्धान भइरहेको सिआइबीका डिआइजी सहकुल थापाले बताए ।